Logo

अर्थ

रिभर फल्स पावरको आईपीओ खुल्यो



काठमाडौं । रिभर फल्स पावर लिमिटेडले बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बिक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको कम्पनीले बुधबारदेखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कर्मचारीसहित सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री गर्ने तयारी कम्पनीले गरेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले यो आईपीओ खरीदका लागि जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा जेठ ११ गतेसम्म आईपीओ निष्कासन खुल्ला रहने छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ११ : ३७ बजे