Logo

समाचार

सडक निर्माणलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा वडा अध्यक्षका उमेद्वार कुवर



सिन्धुली । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेबाट वडा अध्यक्ष पदको लागि रामदेब कुवर चुनावी मैदानमा उत्रीएका छन् । उनी खाने पानी र सडक निर्माणलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा आएका हुन् ।

शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, यातायात, विद्युत्, सञ्चार, रोजगारलगायतका विकास र निर्माणका लागि मुख्य एजेण्डाहरु अगाडि सारेको कुवरले बताए ।

वडामा निर्वाचित भएसँगै वडामा रोजगारी सिर्जना गरी विपन्न वर्गको जीवन उकास्न काम गर्ने र नमुना वडा बनाउने गरी अगाडि बढ्ने उनको योजना छ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ५२ बजे