Logo

Breaking News 1

यो गठबन्धन प्रतिनिधि सभाको चुनावसम्म जान्छ, ढुक्क हुनुहोला : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन प्रदेश र संघको निर्वाचनसम्मै जाने बताएका छन् ।

आइतबार पोखरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्ड देशलाई खतराबाट गठबन्धन बनेको र यसले निरन्तरता पाउने बताएका हुन् ।

प्रचण्डले मुलुकमा फेरि अर्को राजनीति दुर्घटनाको खतरा रहेको भन्दै त्यसको बचाउमा गठबन्धन बनेको दाबी गरे । सबैलाई फाइदा हुने भएकोले दलहरुबीच गठबन्धन बनेको उनको भनाई रहेको थियो ।

सर्वसम्मत उम्मेदवार छान्ने कुरा सजिलो नभएको तर देशको आवश्यकता अनुरुप सफल भएको प्रचण्डले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ४५ बजे