Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

Breaking News 1

गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कास्कीको पोखरा जाँदै छन् । त्यहाँ उनले पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बिहान १० बजे प्रचण्ड पोखरा जाने बताए ।

यसअघि हिजो प्रचण्डले मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका र सांस्कृतिक नगरी मिथिला नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

त्यहाँ उनले मधेसी जनताले डेढ दशकदेखि उठाउँदै आएकोे नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने पनि बताएका थिए ।

संविधान संशोधन गरेर मधेसी जनताका जायज मागहरूलाई सम्बोधन गर्ने तर स्थानीय तह निर्वाचनमा मत भने पाँच दलीय गठबन्धनका उम्मेदवारलाई दिएर विजयी गराउन प्रचण्डले आह्वान गरेका थिए ।

प्रचण्ड गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन भन्दै देशका ठाउँठाउँमा गठबन्धन दलहरूले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ३४ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।