Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

विश्व

पश्चिम युक्रेनमा बस, कार र ट्रक ठोकिदा १७ जनाको मृत्यु



किभ । पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए ।

‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या अझै बढी हुन सक्छ’ जेलेन्स्कीले भने ।
मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै उनले घाइतेहरूको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : ०९ बजे