Logo

समाचार

बाढीले बगाउँदा किशोरीको मृत्यु



दाङ । दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ । बबई–४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।

बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो । तर उनको ज्यान गएको छ । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ५५ बजे