Logo

Breaking News 1

बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वत: निष्काशित हुने



काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वत निष्काशन हुने चेतावनी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता नलिए स्वत निष्काशित हुने उल्लेख गरेका छन् ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १० : ०० बजे