Logo

Breaking News 1

सत्ता गठबन्धनले भन्यो,‘देशभरि गठबन्धनका उम्मेदवार एक ढिक्का छन्’



काठमाडौं । सत्ता गठबन्धनको चुनावी तथा अनुगमन समितिले स्थानीय चुनावमा होमिएका गठबन्धनका उम्मेदवारहरु एक ढिक्का रहेको निष्कर्ष निकालेको छ ।

‘देशभरका उम्मेदवारमा विवाद छैन, बिहीवार बालुवाटारमा बसेको बैठकको निर्णय सुनाउँदै कांग्रेस नेता समेत रहेका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने,‘केहि ठाउँमा देखिएका सामान्य विवाद पनि हल भइसकेको छ ।’ चुनावमा गठबन्धन दलहरुका सबै उम्मेदवार एउटै स्वर लिएर भोट माग्ने उनले बताए । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिको बैठक बालुवाटारमा बसेको थियो ।

बैठकमा बुधबार गठबन्धनका शीर्ष नेताले दिएको चुनावी तालमेलका सन्दर्भ दिएको निर्देशन कार्यान्वयनका विषयमा छलफल भएको थियो । गठबन्धनका शीर्ष नेताले तालमेल नभएको ठाउँमा बुधबार नै समझदारी खोज्न प्रदेश र जिल्ला संयन्त्रलाई निर्देशन दिएका थिए ।

सञ्चारमन्त्री कार्कीले भने, ‘देशभरीको रिपोर्ट हेर्दा गठबन्धन सन्तोषजनक ढंगले अगाडि बढेको छ । यसलाई व्यवस्थित र प्रभावकारी लैजाने विषयमा छलफल भयो ।’ अब जनतासंग गठबन्धनको तर्फबाट सबै नेताहरुले भोट माग्ने उनले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ५ : ३६ बजे