Logo

Breaking News 1

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजेका लागि बोलाइएको छ । मनोनयन दर्ताको आज अन्तिम दिन उम्मेदवारहरुको अन्तिम टुंगो लगाएर मनोनयन दर्ता गर्ने गठबन्धन दलहरुको तयारी रहेको छ ।

भागबण्डा मिल्न नसकेका स्थानीय तहरुको अन्तिम निर्णय लिएर मनोनयन दर्ताका लागि निर्देशन दिने केन्द्रको तयारी रहेको छ ।

निर्वाचन आयोगले आइतबार र सोमबारका लागि मनोनयन दर्ताको समय तोकेको छ ।

पहिलो दिन मुख्य राजनीतिक दलहरुले कम मात्र उम्मेदवारी दर्ता गराएका छन् । साना दल तथा स्वतन्त्रहरुले मात्रै पहिलो दिन उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ४६ बजे