Logo

समाचार

आज पनि यी प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : ०६ बजे