Logo

समाचार

पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ ।

आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । अपराह्न पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : २० बजे