Logo

विश्व

श्रीलंकामा इन्धनको मूल्यबृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्युपछि कर्फ्यू



कोलम्बो । न्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् ।

इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो ।

मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यू लगाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : ०४ बजे