Logo

Breaking News 1

सभापति देउवाले कांग्रेस नेतासँग भने-‘भरतपुर छाड्नुपर्ने भयो’



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनका नेताहरुसँग भरतपुर महानगरपालिका छाड्नुपर्ने अवस्था आएको बताएका छन् ।

मंगलबार चितवनका नेतालाई बालुवाटारमा बोलाएर देउवाले भरतपुर माओवादीलाई छोड्नुपर्ने अवस्था आएको बताएका हुन् ।

भरतपुरको साटोमा काठमाडौं, ललितपुर महानगरको नेतृत्व कांग्रेसले पाउने देउवाले बताएका छन् ।

देउवाले चितवनका नेताहरुलाई गठबन्धनलाई जोगाएरै अगाडि बढ्नुपर्ने बाध्यता रहेको भन्दै सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ४३ बजे