Logo

समाचार

भक्तपुरमा मोटरसाइकल दुर्घटना, नाबालिकाको मृत्यु



काठमाडौं । भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।

मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।

बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा. इवामुरा अस्पतालमा उपचार भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : ०८ बजे