Logo

समाचार

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु



वीरगञ्ज । बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरको मृत्यु भएको हो ।

सोमबार बिहान ९ बजे उनीसहित ४ जना कोल्हबी नगरपालिका–२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न गएका थिए ।

बाघले उनलाई एक्कासी आक्रमण गरेको थियो । बाँकी तीन जना साथीहरूले हो(हल्ला गरी बाघलाई भगाएका थिए । बाघको आक्रमणबाट घाइते मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनीहरूले बताएका छन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : १६ बजे