Logo

Breaking News 1

गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै



काठमाडौं । स्थानीय चुनावमा तालमेलको मोडालिटीसम्बन्धी छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ । बिहान ९ बजे बालुवाटारमा नेताहरू बैठक बस्न लागेका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको हिजोको बैठकमा भएको बैठकमा आज शीर्ष नेतासँग बस्ने निर्णय भएको थियो ।

आजको शीर्ष नेताबीच स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ ।

हिजो अनुगमन समितिले स्थानीय निर्वाचनका लागि गठबन्धन गर्ने सम्बन्धमा स्थानीय तहको रिपोर्टिङमाथि छलफल गरेको थियो ।

तलबाट आएको प्रतिवेदनअनुसार गठबन्धनको मोडालिटी बनाएर शीर्ष नेतालाई बुझाउने तयारी रहेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ६ : ५६ बजे