Logo

Breaking News 1

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानविरुद्ध सेनाले जारी गर्यो पक्राउ पूर्जी



काठमाडौं । पकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानविरुद्व पक्राउ पूर्जी जारी भएको छ ।

पाकिस्तानी सेनाले खानविरुद्व पक्राउ पूर्जी जारी गरको हो । प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खान विरुद्ध पक्राउ आदेश जारी भएको हो ।

खानविरुद्वको अविश्वासको प्रस्ताव शनिबार राति संसदबाट पास भएको थियो । संसदमा मतदान अघि नै सरकारी निवास छाडेर हिंडेका खानको निवासमा आज आइतबार बिहानै छापा मारिएको थियो ।

पाकिस्तानी सेनाले खान सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुलाई देश नछाड्न पनि भनेको छ ।

राजधानी इस्लामावादमा गए रातीदेखि नै सुरक्षा सतर्कता अपनाइएको छ भने ठाउँमा ठाउँमा हतियारधारी फौज तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ०२ बजे