Logo

Breaking News 1

काभ्रेको घिमिरे गाउँमा विस्फोट, एक गम्भीर घाइते



काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा पड्केर स्थानीय मोहन विक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाले फायरिङ अभ्यास गर्ने जंगलबाट विकले उक्त बस्तु ल्याएको अनुमान गरिएको छ। बिस्फोटक पदार्थ पड्केर विकको अनुहार र हातमा चोट लागेको छ।

सेनाले तालिमका क्रममा हतियारहरू पड्काउने र प्रहार गर्ने गर्छ। तालिमका बेला मिस्ड फायर भएका बिस्फोटक पदार्थहरू सेनाले जंगलमा पुर्ने गरेको थियो।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : ५४ बजे