Logo

Breaking News 1

एक्कासी कीभको सडकमा बेलायती प्रधानमन्त्री जोन्सन निस्किएपछि… (तस्बिरहरु)



काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार युद्वग्रस्त मुलुक युक्रेन पुगेका छन् ।

जोन्सन सुटुक्क युक्रेनी राजधानी कीभ पुगेका हुन् । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुगेका बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ ।​​

जोन्सन र युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीबीच छलफल पनि भएको थियो । जोन्सनले कीभका सडकमा निस्किएर त्यहाँको अवस्थाको निरीक्षण पनि गरेका थिए ।

कीभ पुगेर जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो ।

जेलेन्स्कीसंगै कीभका सडकमा निस्केर जोन्सनले स्थानीय सर्वसाधारणसँग पनि भेट गरेका थिए । युक्रेनलाई थप सैन्य तथा आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिंदै जोन्सनले कुल ७७ करोड पाउण्ड बराबरको ऋण सहयोग दिने बताएका छन् ।

रुसी सेनाले युक्रेनमा गत फेब्रुअरी २४ देखि आक्रमण जारी राखेको छ।

)

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : ०८ बजे