Logo

अर्थ

तोलामा ८ सयले बढेर आइतबार एक लाख नाघ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ८ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदी पनि प्रतितोला १० रुपैँयाले बढेको छ ।

चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : ३९ बजे