Logo

समाचार

प्रेस सेन्टर नेपाल बेथान्चोक गाउँपालिकास्तरीय कमिटीलाई प्रमाणपत्र वितरण तथा एकदिने पत्रकारिता तालिम सम्पन्न



काठमाडौं । प्रेस सेन्टर नेपाल बेथानचोक गाउँपालिकास्तरीय नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा एकदिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतम(देउपुरे), प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवंम बेथानचोक गाउँपालिका इन्चार्ज नवराज अधिकारी, नेकपा माओवादी केन्द्र बेथान्चोक गाउँपालिका कमिटीकी अध्यक्ष तारा राना तिमल्सीना र नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य कुमार तिमल्सीनाले नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।

गत चैत १२ गते सम्पन्न सम्मेलनले जीवन तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको थियो । जसबाट उपाध्यक्षमा सुनिल तिमल्सीना, महिला उपाध्यक्षमा मनिषा तिमल्सीना(आरती), सचिवमा मेनुका तामाङ , कोषाध्यक्षमा चित्र प्रषाद घिमिरे(हरिहर) चयन भएका छन ।

यस्तै, कार्यसमिति सदस्यहरुमा आकास तामाङ, उज्वल तिमल्सीना, निराजन तिमल्सीना, रमिला श्रेष्ठ, , सुनिल वाइवा, सोबिता तिमल्सीना, सुमित्र तिमल्सीना चयन भएका छन ।

नवनिर्वाचित कार्यसमितिलाई बागमती प्रदेश अध्यक्ष देउपुरेले शपथ ग्रहण गराएका थिए ।

यस्तै, बागमती प्रदेश अध्यक्ष गौतम, काभ्रेका अध्यक्ष तामाङ र काभ्रे उपाध्यक्ष एवंम बेथानचोक गाउँपालिका इन्चार्ज अधिकारीले पत्रकारिता प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम(देउपुरे) ले पत्रकारले सही समयमा सही समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । समाज परिवर्तनका लागि पत्रकारहरुको भूमिका विशेष हुने भन्दै उनले गलत समाचारले समाज उँधो गतिमा जान सक्नेतर्फ पत्रकार सदैव सचेत हुनुपर्ने बताए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै गौतमले पदाधिकारीहरुले आफ्नो भूमिका इमान्दारीताका साथ निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले पत्रकारहरुको हकहितका लागि आफ्नोतर्फबाट सदैव सहयोग रहने विश्वास पनि दिलाए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : २० बजे