Logo

खेलकुद

मुम्बईको खराब प्रदर्शन, बेंगलोरको तेस्रो जित



काठमाडौं । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ ।

जितका लागि पाएको १५२ रनको लक्ष्य बेंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । बेंगलोरको जितका ओपनर अनुज रावतले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट कोहलीले ४८ रनको योगदान गरे ।

यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका सूर्य कुमार यादवले सर्वाधिक ६८ रन बनाए । यस्तै ओपनर ईशान किशन र रोहित शर्मा समान २६ रन बनाए । बेंगलोरका हर्षल पटेल र वानिन्दु हसरंगाले समान २ विकेट लिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : ३२ बजे