भैरहवा । रुपन्देहीको भैरहवामा भएको माछापुच्छ्रे कप फुटबलको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ ।
सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब,बेलहियाले माछापुच्छ्रे क्लब,झन्डीबजारलाई ट्राइ बेकरमा ४–२ गोल फरकमा जित निकालेको हो ।
दुवै टिम बिचको फाइनल खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी पछी खेल ट्राइ बेकरमा पुगेको थियो । माछापुच्छ्रेका मिसन दर्लामीले खेलको पहिलो हाफको ३९ औं मिनेटमा १ गोल गरेका थिए भने लुम्बिनी खुकुरी क्लबका सुरज घलानले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।
खेलको ट्राइ बेकरमा ४–२ गोल फरकमा लुम्बिनी खुकुरी क्लब बिजयी भयो । खेलभरिको सर्वाधिक गोलकर्तामा
भैरभ एफ सी,नवलपरासीका मनिस चौधरी तथा युनाइटेड एफ सी, देवीनगर का मिलन आले घोषित भए । दुवै जनाले चार –चार गोल गरेर सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत भए ।
खेलभरिको सर्वोत्कृष्ट खेलाडीमा माछापुच्छ्रे क्लबका खेलाडी बिनय थापा घोषित भए । प्रतियोगितामा विजयी टिम र खेलाडीहरू प्रमुख अतिथी सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीले पुरस्कृत गरे । २८औं माछापुच्छ्रे कप फुटबल चैत १० गतेबाट पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा हुँदै आएको थियो ।
प्रतिक्रिया