Logo

Breaking News 1

गठबन्धनले गठन गरेको चुनावी तयारी तथा अनुगमन समितिमा को-को परे ? (सूचीसहित)



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले समिति गठन गरेको हो । समितिको नेतृत्व नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन् ।

यस्तै, समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सदस्य रहेको छन् ।

माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र देव गुरुङ रहेका छन् भने नेकपा एकीकृत समाजवादीका तर्फबाट महासचिव डा. वेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेल सदस्य रहेका छन् ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट नेता अशोक राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव रहेका छन् भने राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : २८ बजे