Logo

Breaking News 1

एआईजी बढुवा सिफारिसविरुद्धको रिटको पेसी न्यायाधीश चुडालको एकल इजलासमा



काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीले दायर गरेको रिटको आज पनि पेसी तोकिएको छ ।

न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो । यही १७ चैतमा कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । उनले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले सोही दिन डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे संयोजक रहेको बढुवा समितिले १ चैतमा बढुवा सिफारिस गरेको थियो ।उनीहरूभन्दा वरीयतामा डीआईजी कार्कीसँगै अन्य डीआईजीहरू घनश्याम अर्याल र प्रकाश कार्की अघि थिए ।

पाण्डे नेतृत्वको समितिले वरियता मिचेर बढुवा सिफारिस गरेको भन्दै डीआईजी कार्कीलगायत सर्वोच्च पुगेका हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : ०३ बजे