Logo

अर्थ

प्रि ओपनिङ्ग सेसनमा उकालो लाग्यो नेप्से



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ९.२४ अंकले बढेर हरियाली छाएको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १४ कम्पनी मध्ये ११ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । यस अवधमिा १ कम्पनीको सेयरमूल्य घटेको छ भने २ कम्पनीको भाउ स्थीर छ ।

यस अवधिमा १४ कम्पनी १ हजार ३४४ कित्ता सेयर ६ लाख ८२ हजार ५११ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से ९.२४ अंकले बढेसँगै सूचक २ हजार ५०७ दशमलव ७७ बिन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ११ बजे