Logo

Breaking News 1

नेपाल–पीएनजी फाइनलः नेपालको पहिला ब्याटिङ



काठमाडौं । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ । पपुवा न्यु गिनी (पीएनजी) ले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीलाई टोलीमा फिर्ता बोलाएको छ ।

मलेसियासँगको अन्तिम खेलमा सोमपाललाई आराम दिँदै कमललाई मौका दिइएको थियो । दुई ओभर बलिङ गर्दै २ विकेट लिएका कमल फिल्डिङका क्रममा काँधमा चोट बोकेर मैदान बाहिरिएका थिए । आइतबार कमलको काँधको शल्यक्रिया गरिएको थियो र उनी ६ साता मैदान बाहिर रहने छन् ।

नेपालबाट सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद आदिल अलाम, दीलिप नाथ, करण केसी, सोमपाल कामी, अविनाश बोहरा खेलिरहेका छन् ।
नेपाल अपराजित रहि फाइनलमा उत्रिएको हो । नेपालले राउन्ड रोबिनका चार खेलमा पीएनजी र मलेसियालाई २÷२ पटक पराजित गरेको थियो । पीएनजीसँगको दुई खेलमा नेपालले क्रमशः १५ र ३७ रनको विजय हात पारेको थियो ।

कप्तान सन्दीप लामिछाने २२ रन खर्चेर ३ विकेट लिँदै पीएनजीसँग राउन्ड रोबिनको पहिलो खेलमा प्लेयर अफ द म्याच बनेका थिए । पीएनजीसँगको दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ६६ रन बनाएका थिए भने बलिङमा करण केसीले ह्याट्रिक विकेट लिनुका साथै ५ विकेट पुरा गरेका थिए ।

पीएनजीले ४ मध्येको ३ खेलमा पराजित भए पनि मलेसियालाई रन रेटमा उछिन्दै नेपालसँगको फाइनल खेलिरहेको छ । अक्टोबरमा यूएईमा भएको विश्वकप खेलेयता पहिलोपटक ट्वान्टी २० मा खेलिरहेका पीएनजी जुलाईमा हुने ट्वान्टी २० विश्वकप छनोटको तयारीको रुपमा रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १ : ३२ बजे