Logo

समाचार

बाघको आक्रमणबाट सुरेशको मृत्यु



काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विकको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो।

आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो । विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : ३६ बजे