Logo

समाचार

कांग्रेस मकवानपुर कोषाध्यक्षमा गौतम, दुई विभाग गठन



काठमाडौं । नेपाली कांग्रेस मकवानपुर कोषाध्यक्षमा होमनाथ गौतम मनोनित भएका छन् । कांग्रेस मकवानपुरको बैठकले गौतमलाई जिल्ला षाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

महाधिवेशन प्रतिनिधिमा पराजित गौतम जिल्ला सदस्यमा विजयी भएका थिए ।

बैठकले कार्यसम्पादन समिति, संसदीय बोर्ड र दुईवटा विभाग गठन गरेको छ । बैठकले युवातथा खेलकुद र संगठन विभाग गठन गरेको हो ।

युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी अर्जुन तिवारी र संगठन विभागको जिम्मेवारी शैलेन्द्रराज बानियाँलाई दिइएको छ ।

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह लक्षित छलफल गरेको छ । सत्तारुढ दलको यसअघिको बैठकले जिल्लाको १० वटै पालिका र १०२ वटै वडामा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ ।

यसअघि बसेको बैठकले १० जनालाई जिल्ला सदस्य मनोनित गरेपछि कांग्रेस मकवानपुरमा विवाद भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : २३ बजे