Logo

Breaking News 1

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज: उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै



काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा हुने खेल दिउँसो १२ः३० बाट सुरु हुनेछ । आज दुवै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

फाइनलमा पीएनजीलाई हराए नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जित्नेछ । सन्दीपको कप्तानीमा नेपाले पहिलो पटक घरेलु मैदानमा क्रिकेट सिरिज खेलेको हो ।

कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्त्वपूर्ण भएको सन्दीपले आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा बताए

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ४१ बजे