Logo

Breaking News 1

श्रीलंकाका सबै मन्त्रीले दिए पदबाट राजीनामा



काठमाडौं । श्रीलंकाका क्याबिनेटका सबै मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् ।

चरम आर्थिक संकटकालबाट गुज्रिरहेको श्रीलंकामा सरकारले संकटकाल लगाएपछि त्यसरको विरोधमा मन्त्रीहरुले पनि राजीनामा दिएका बताइएको छ ।

मन्त्रीहरुले आइतबार प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री राजापाक्षेले अब नयाँ मन्त्रीहरु नियुक्तका लागि आज सोमबार राष्ट्रपति गोटाबाया राजापाक्षेलाई भेट्न लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजीनामा दिनेमा राजापाक्षे परिवारकै तीन सदस्य पनि रहेका छन् । जसमा सिँचाइमन्त्री चमल राजापाक्षे, अर्थमन्त्री बसिल राजापाक्षे र खेलकुदमन्त्री नमल राजापाक्षे रहेका छन् ।

देश चरम आर्थिक संकटमा फसेपछि जनताहरु सरकारविरुद्व पदर्शनमा उत्रिएपछि देशका विभिन्न शहरहरुमा कर्फ्र्यू आदेश जारी गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : ४५ बजे