Logo

Breaking News 1

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्वको अविश्वास प्रस्ताव खारेज, संसद विघटनका लागि सिफारिस



काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्वको अविश्वास प्रस्ताव खारेज भएको छ ।

उपसभामुख कासिम खान सुरीले अविश्वासको प्रस्ताव असंवैधानिक रहेको भन्दै खारेज गरिदिएका हुन् ।

खानविरुद्वको अविश्वास प्रस्ताव खारेज भएपछि खानले राष्ट्रको नाममा सम्बोधन गर्दै चुनावको घोषणा गर्दै संसद विघटन गर्न राष्ट्रपति सिफारिस गरेको जानकारी दिएका छन् ।

खानलाई सत्तामा बस्न ३ सय ४२ मत मध्ये १ सय ७२ मत आवश्यक हुन्छ जसमा उनका सहयोगी तथा विश्वासपात्र मुत्ताहिदा कौदा विपक्षी पार्टीमा प्रवेश गरेपछि उनी अल्पमतमा परेका थिए । उनी १ सय ६४ मा पुगेका थिए भने विपक्षीको साथमा १ सय ७६ पुगेको थियो ।

यसैबीच, अविश्वासको प्रस्ताव खारेज भएसँगै संभावित हिंसालाई रोक्न भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानी इस्लामाबादमा ठूला जमघट तथा मोटरसाइकल चलाउन रोक लगाइएको छ ।

विपक्षी पार्टीहरुले विशाल विरोध प्रदर्शनको तयारी गरेकाले हिंसा भड्किन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ५७ बजे