Logo

Breaking News 1

माधव नेपालसहित १४ सांसदविरुद्वको मुद्दाको सुनुवाई आज हुँदै



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्वको मुद्वाको सुनुवाई आज हुँदैछ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा मुद्वाको पेशी तोकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाई माधव कुमार नेपालसहित १४ सांसदविरुद्ध मुद्धा दायर गरेका थिए ।

अध्यक्ष ओलीले नेपालसहित १४ सांसदलाई पार्टीबाट कारबाही गरेपछि सांसद पदबाट मुक्त गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरेका थिए ।

तर, सभामुख सापकोटाले कुनै कारबाही अघि नबढाएको र आयोगले पनि दलको मान्यता दिएपछि अध्यक्ष ओलीले सर्वोच्च अदालतमा मुद्वा दायर गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ०४ बजे