Logo

समाचार

पद्मा अस्पतालमा बिरामी मृत्यु प्रकरण: अस्पतालले क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझे



काठमाडौं । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको उपचारका क्रममा मृत्यु प्रकरणमा अस्पतालले क्षतिपूर्ति दिने सहमतिपछि मृतकका आफन्तले शव बुझेका छन् ।

गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै स्थानीय तथा आफन्तहरुले शनिबार अस्पतालमा तोडफोड गरेका थिए ।

स्थानीयहरुले सडकसमेत अवरुद्व गर्दै प्रदर्शन गर्दै आएका थिए । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने, प्रमुख जिल्ला अधिकारीको समन्वयमा घटनाको छानबिन गर्ने र प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार गर्ने सहमतिपछि स्थानीयले विरोधका कार्यक्रम फिर्ता लिएका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : ५५ बजे