Logo

Breaking News 1

हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ‘वान टु वान’ वार्ता सुरु



काठमाडौं । तीन दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच वान टु वान भेटवार्त सुरु भएको हो ।

आज दुई देशमा प्रतिनिधिमण्डलबीच विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तयारीसमेत भएको छ । दिउँसो १ः३० बजेदेखि १ः३५ बजेसम्म प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

आजै प्रधानमन्त्री देउवा र समकक्षी मोदीले संयुक्त रुपमा कुर्था–जयनगर रेलसेवाको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ५७ बजे