Logo

समाचार

म्यादी प्रहरीको लागि तौल पुर्याउन पाइन्टमा एक किलोको ढक राखेको भेटिएपछि…



काठमाडौं । कपिलवस्तुमा म्यादी प्रहरीमा भर्ना हुनका लागि तौल नपुग्ने भएपछि एक युवकले पाइन्टमा एक किलोको ढक राखेको भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि ५० केजी तौल चाहिनेमा उनको वास्तविक तौल ४८ केजी मात्रै भएपछि उनले पाइन्टम ढक राखेको पाइएको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सरकारले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना लिइरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : २६ बजे