Logo

Breaking News 1

नोबेल अस्पतालका डाक्टर अस्पताल अगाडि मृत अवस्थामा फेला



काठमाडौं । विराटनगरस्थित नोबेल अस्पतालका एक चिकित्सक मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी घर भई विगत तीन वर्षदेखि नोबेल अस्पतालमा कार्यरत २८ वर्षीय विजय यादव मृत फेला परेका हुन् । उनलाई अस्पताल अगाडि मृतवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए । स्थानीयहरुले तथा मृतकका आफन्तहरुले उनको हत्या भएको आरोप लगाउँदै नाराबाजी गरिरहेका छन् ।

अनुसन्धानलाई अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ५२ बजे