● विनोद त्रिपाठी
२०६२ साल पुसतिरको कुरा हो । शक्तिखोरमा एक महिना पहिले नै माओबादी लडाकुको शिविर बसिसकेको थियो । काभ्रेको कामीडाँडाबाट शक्तिखोर ल्याएर लडाकुलाई एकत्रित पारिएको थियो । देशभर अन्य सातवटा शिविरमा लडाकु विभाजित हुँदै थिए । हामी त्यो बेला लडाकु शिविरमा रिपोर्टिङमा पुग्यौं । केहि लडाकुहरु रेडियोमा समाचार सुनिरहेका थिए ।
नजिकै गएर मैले माओबादीका लडाकुहरुलाई सोधें, ‘तपाईंहरुलाई कस्को भाषण सुन्न मन लाग्छ ?’ एकजनाले फ्याट्ट भनिहाल्यो,‘हामीलाई हाम्रै अध्यक्ष कमरेड(प्रचण्ड)को र एमाले नेता केपी ओलीको सुन्न मन लाग्छ ।’ किन नि ओलीको भाषण सुन्न मन लाग्ने ?, ती लडाकुले फेरि भने,‘हाम्रो अध्यक्षको भाषण मन परेर सुन्छौं, ओलीले अब गाली कसरी गर्छ भनेर सुनिन्छ ।’
केपी शर्मा ओली एक त्यस्ता नेता हुन्, जस्ले मिलाएर गाली गर्न सिपालु छन् । विगतदेखि नै उनलाई नरुचाउनेहरु समेत उनको भाषण सुन्न आतुर हुन्थे, सायद अझै छन् । उनि शिलशिला र भाका मिलाएर बिपक्षीलाई सत्तो सराप गर्छन् । ओलीको भाषणले विगतदेखि नै विपक्षीलाई ध्यान खिच्थ्यो ।
लोकेन्द्रबहादर चन्द बाहेक हाल सक्रिय राजनीतिमा रहेका सबै पुर्वप्रधानमन्त्रीहरुले यो समाजलाई गतिलो सन्देश दिन सकेनन् । यस्तै गाली गर्ने परम्परालाई मजबुत बनाउने हो भने यी पुर्वप्रधानमन्त्रीहरुबाट मुलुकको बृहत्तर हित हुन्छ भनेर कसरी बिश्वास गर्ने ?
प्रधानमन्त्री भइसकेपछि पनि ओलीको भाषणको शैलीमा कुनै परिवर्तन आएको छैन । झन गालीको फोहोरा जोडले गइरहेको छ । उनी तीन पटक प्रधानमन्त्री भइसके । तर, पदमा हुँदा वा नहुँदा ओलीको भाषण गर्ने प्रवृति उही छ । हरेक मञ्चमा उनि बिपक्षीलाई कुनै न कुनै गाली गरिहाल्छन् ।
ओली मात्र होइन, हालसम्मका पुर्वप्रधानमन्त्रीहरु गालीयुक्त भाषण गर्न माहिर बनेका छन् । अरुलाई गाली नगरी शालीन जीवन व्यतित गर्नेमा पुर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द मात्र छन् । बाँकी अन्य सबै छुद्र भाषणमा अब्बल देखिन्छन् ।
नेपालका पुर्वप्रधानमन्त्रीहरु न अभिभावक बन्न सके, न गतिलो नेतामा दरिए । के फेरि यस्तै अर्का प्रधानमन्त्रीहरु खोजेको हामीले ? अन्य मुलुकका प्रभावशाली नेताहरुको शैली यी नेताहरुले किन सिक्न सकेनन् ?
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीदेखि अमेरिकी राष्ट्रपति जो बाइडेनसम्मले बोल्ने र व्यवहार गर्ने तरिका कति प्रभावशाली छ । जेलेन्स्कीको टिसर्टदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्याकेटलाई प्रेरणाकै रुपमा लिन्छन् मानिसहरुले ।
पूर्वप्रधानमन्त्रीहरूले एकअर्कालाई आलोचना गर्ने उचित शब्द र उदाहरण चयन गर्न नसकेको पर्याप्त देखिन्छ । असामान्य बोली व्यवहारका निम्ति सबै पूर्वप्रधानमन्त्री उस्तै छन् । एमाले अध्यक्ष समेत रहेका ओली यस मामिलामा सबैभन्दा अगाडि छन् ।
अहिले उनी कुनै हिसाबले गठबन्धन तोड्न अनेक गाली गलौज गर्दै मैदानमा उत्रिएका देखिन्छन् । उनको बोलीकै कारण सत्ता गठबन्धन दलहरु झन कसिलो बन्ने प्रयासमा लागेका छन् । ओली चुपचाप बसेको भए सायद सत्ता गठबन्धन भत्किन सक्थ्यो । उनको व्यवहारले सत्तामा भएका दलहरू गठबन्धन झन कसिलो बनाउन बाध्यता आइलागेको छ ।
उता, ओली चिच्याउन थालेपछि अन्य पुर्वप्रधानमन्त्रीहरु पनि उनकै सिको गर्न थालेका छन् । खासगरि, माधब कुमार नेपाल यो मामिलामा ओलीपछि दोस्रो बनेका छन् । भर्खर नयाँ पार्टी बनेको छ । संगठन निर्माण र जनताबीच जानुपर्ने अबस्थामा ‘अर्थ न वर्थ’संग माधब नेपाल ओलीलाई गाली गर्दै हिंडेका छन् । उनको यो शैलीले उनकै पार्टी नेकपा (एकीकृत समाजबादी) का शुभचिन्तकलाई पनि दिक्क बनाएको छ ।
ओलीको पार्टी त बरु अहिलेसम्म पहिलो नै छ । अबको चुनावमा भोट पनि बढी नै ल्याउला । ठुलो पार्टी भएको कारणले ओलीमा त्यो दम्भ पलायो होला । तर, माधब नेपालले ओलीकै जस्तो छुद्रता देखाउने के आधार छ ? न उनको पार्टी दरिएको छ, न राष्ट्रिय राजनीतिमा कुनै स्थान पाउने संगठन बनिसकेको छ । ओलीको रिसले गाली गलौजमा उत्रनु माधब नेपालको लागि मरिच जस्तै खुम्चनु मात्र हो ।
ओली मात्र होइन, हालसम्मका पुर्वप्रधानमन्त्रीहरु गालीयुक्त भाषण गर्न माहिर बनेका छन् । अरुलाई गाली नगरी शालीन जीवन व्यतित गर्नेमा पुर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द मात्र छन् । बाँकी अन्य सबै छुद्र भाषणमा अब्बल देखिन्छन् ।
गाली गर्नमा एकीकृत समाजबादीका सम्मानित नेता पुर्वप्रधानमन्त्री झलनाथ खनाल पनि माहिर रहेछन् । केहि दिनदेखि उनि पनि अनाबस्यक रुपमा गालीको मैदानमा उत्रेका छन् । उनी पनि आफ्नो पार्टीको धरातल बिर्सेर छुद्रतामा रमाइरहेका छन् ।
कुनैबेला कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको निगाहबाट मुलधारको राजनीतिमा आएका तत्कालिन नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अहिले ओलीको बाटो समातिरहेका छन् । पार्टी टुक्रा टुक्रा भएर परिवर्तित नाम माओबादी केन्द्रबाट राजनीति गरिरहेका प्रचण्डले पनि दुई/दुई पटक प्रधानमन्त्री भइसकेको यथार्थ भुलिसकेका छन् । उनि पनि अस्थिर रुपमा के के बोल्छन् । अहिले त उनको भाषण उनकै कार्यकर्तालाई पनि दिक्क लाग्न थालेको छ ।
गालीको बर्षा गर्न सक्ने अर्का पुर्वप्रधानमन्त्री हुन्, बाबुराम भट्टराई । मुलधारको राजनीतिबाट बाहिर रहेका उनि कुनैबेला खरो बोल्ने नेताका रुपमा चिनिन्थे । तर अहिले बोल्दा बोल्दै गाली मात्र बर्साउन थालेका छन् । उनको बोली पनि अहिले पत्याइनसक्नु छ । हो उनिमा अन्य नेताहरुमा भन्दा देश बनाउने भिजन छ । तर, उनि यति हल्का भइदिन्छन् कि, पुर्वप्रधानमन्त्री भइसकेको मान्छे आफ्नो सम्पुर्ण धरातल बिर्सिएर गाली गर्न समय खर्चिन्छन् ।
माधब नेपालले ओलीकै जस्तो छुद्रता देखाउने के आधार छ ? न उनको पार्टी दरिएको छ, न राष्ट्रिय राजनीतिमा कुनै स्थान पाउने संगठन बनिसकेको छ । ओलीको रिसले गाली गलौजमा उत्रनु माधब नेपालको लागि मरिच जस्तै खुम्चनु मात्र हो ।
नेता भनेको नेतृत्व मात्र गर्नु होइन । नेतामा हुनुपर्ने गुण भद्रता र शिष्टता महत्वपुर्ण कुरा हो । झन देशको पुर्वप्रधानमन्त्री भनेको त्यो देशको चिनारी पनि हो । पुर्वप्रधानमन्त्रीको शैलीले त्यो देशको सभ्यतालाई चित्रण गर्छ । तर, नेपालका पुर्वप्रधानमन्त्रीहरुको पछिल्ला अभिव्यक्तिहरुले यो देशको राजनीति सभ्यता प्रदर्शन गरिरहेको छ ।
लोकेन्द्रबहादर चन्द बाहेक हाल सक्रिय राजनीतिमा रहेका सबै पुर्वप्रधानमन्त्रीहरुले यो समाजलाई गतिलो सन्देश दिन सकेनन् । यस्तै गाली गर्ने परम्परालाई मजबुत बनाउने हो भने यी पुर्वप्रधानमन्त्रीहरुबाट मुलुकको बृहत्तर हित हुन्छ भनेर कसरी बिश्वास गर्ने ?
प्रतिक्रिया