Logo

Breaking News 1

प्रधानमन्त्री देउवा दिल्लीमा, मन्त्री अजय भट्टले गरे स्वागत



काठमाडौं । तीनदिने भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली पुगेका छन् ।

देउवालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका राज्यमन्त्री अजयभट्टसहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका छन् ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि सहभागी छन् ।

देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् । प्रधानमन्त्री देउवासँग आज अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्नेछन्। त्यसपछि नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : २६ बजे