Logo

समाचार

वडा अध्यक्ष यादवको मृत्यु



काठमाडौं । सिरहाको गोलबजार नगरपालिका-११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ ।

मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।

गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए ।

उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : ३८ बजे