नेपाल–भारत सम्बन्ध सुमधुर र प्रगाढ रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।
कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिदाइ भेटमा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका हुन्।
भेटमा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्का क्रममा भारत सरकारले गरेको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरे। उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत दिए।
भेटका क्रममा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराए। उनले नेपाल बसाइका क्रममा सहयोग गर्ने नेपाल सरकार र नेपाली जनताप्रति धन्यवाद व्यक्त गरे।








प्रतिक्रिया