काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले बिहीबार पनि वृद्धिको क्रमलाई निरन्तरता दिएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.३१ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ।
बिहीबार कारोबार रकम पनि बढेको छ। बुधबार २ अर्ब ९४ करोड रुपैयाँबराबरको कारोबार भएकोमा यस दिन ३४६ स्टकको ४० हजार ६९२ पटकको कारोबारबाट १ करोड २१ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ। कुल कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँ पुगेको छ।
यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशत बढेको छ। चिरख्वा हाइड्रोपावरको शेयरमूल्य ८.५ प्रतिशतभन्दा बढी र आशा लघुवित्त वित्तीय संस्थाको करिब ८.५ प्रतिशत बढेको छ। पियाेर इनर्जीको शेयरमूल्य भने सर्वाधिक १३.३३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब १३ करोड ५० लाख रुपैयाँ र सोलु हाइड्रोपावरको १२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये नौ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको घटेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशत बढेको छ। व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेको छ।
बिहीबार वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।








प्रतिक्रिया