Logo

राजनीति

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा सरकारका विभिन्न विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  १२ : ४१ बजे