काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले एक करोड एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर (हरी) न्यौपानेले अर्थमन्त्रीलाई भेटेर उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन् ।
रिद्धिसिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल एक करोड एक लाख रुपैयाँ कोषमा जम्मा गरेका हुन् ।
भोटेकोसी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दुवै कम्पनीले प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेका हुन्।








प्रतिक्रिया