काठमाडौं । सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका प्रतिनिधिले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर १५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरेका थिए ।
कम्पनीका अनुसार उक्त रकम पूर्वजानकारीसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रबाट प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग हो ।








प्रतिक्रिया