काठमाडौं । रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयबाट भदौ १० गते ९३ जनाले आगमन तथा प्रस्थान अनुमति लिएको अध्यागमन विभागले जनाएको छ ।
विभागका अनुसार अनुमति लिनेमा ३५ नेपाली, ३३ भारतीय, १२ चिनियाँ र नौ अमेरिकी नागरिक थिए । यस्तै क्यानडा, इटाली र अष्ट्रेलियाका एक/एक जना नागरिकले पनि सो दिन आगमन वा प्रस्थान अनुमति लिएका थिए ।
कुल ९३ जनामध्ये चार जनाले आगमन र ८९ जनाले प्रस्थान अनुमति लिएका थिए । आगमन अनुमति लिनेमा तीन नेपाली र एक भारतीय नागरिक थिए ।
भदौ १० गते टिमुरे हुँदै बग्ने भोटेकोसी नदीमा आएको अचानकको बाढीले अध्यागमन कार्यालय पूर्ण रूपमा बगाएको थियो । बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।








प्रतिक्रिया