चितवन । प्रतिकूल मौसम तथा प्राकृतिक विपत्तिका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनले आज (बिहीबार) सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.सुविर सिंहद्वारा बुधबार जारी गरिएको सूचना अनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त जानकारी तथा हालको प्राकृतिक विपत्तिबाट सिर्जित प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको हो ।
स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ ।
यसैगरी, बुधबार नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो मानवीय क्षति र जनधनको विनाशप्रति विश्वविद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको छ । संकटको यस घडीमा पीडित समुदायसँग विश्वविद्यालय परिवार साथमा रहेको प्रतिबद्धतासमेत रजिष्ट्रार सिंहले व्यक्त गरेका छन् ।








प्रतिक्रिया