Logo

समाचार

नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक कार्कीले गरे पदबहाली



काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन्।

नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले कार्कीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। यसअघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका कार्कीले पदबहाली गर्दै कोषमा रहेको ठूलो रकम सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने बताए।

उनले कोषले मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने गरी आफ्ना गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिए। सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कोषका कामकारबाहीलाई थप चुस्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

कोषको कार्यप्रणाली र गतिविधिबारे आफू जानकार रहेको उल्लेख गर्दै कार्कीले आगामी दिनमा कोषलाई थप प्रभावकारी संस्थाका रूपमा अघि बढाउन प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ७ : २१ बजे