Logo

मुख्य समाचार

कर्णाली नदीमा बगेर दुई बालबालिका बेपत्ता 



हुम्ला । खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बगेर बेपत्ता भएका छन् ।

बिहीबार बेलुका नदी किनारमा पौडी खेल्ने क्रममा कर्णाली नदीको तीव्र बहावले खार्पुनाथ–१ तल्लोलालीका दुई बालबालिकालाई बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बेपत्ता हुनेमा स्थानीय बृषबहादुर शाहीकी ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका १२ वर्षीय छोरा प्रशान्त रावल रहेका छन् । उनीहरू दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए ।

कर्णाली प्रदेश स्थापना दिवसको सार्वजनिक बिदा परेकाले उनीहरू सुनाखाडा पुगेका थिए । नदी किनारमा खेल्ने क्रममा दुवै जनालाई कर्णाली नदीको तीव्र बहावले बगाएको हुम्ला प्रहरी कार्यलयबाट सुचना प्राप्त भएको छ । 

घटनालगत्तै स्थानीयवासी र प्रहरीको टोलीले कर्णाली नदी किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको छ । तर नदीमा पानीको बहाव अत्यधिक रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी कार्यललयले जानकारी दिएको छ । 

बेपत्ता बालबालिकाको खोजी कार्य भइरहेको छ ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ८ : ४४ बजे