Logo

Breaking News 1

‘निर्वाचन आयोगले गठबन्धनसँग छुट्टै छलफल गरेर मतपत्रको रङ बदल्यो’: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनसँग मात्रै छलफल गरेर मतमत्रको रङ हरियो बनाएको आरोप लगाएका छन् ।

पोलिट्ब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले षड्यन्त्रपूर्वक गठन्धनसँग मात्रै छुट्टै छलफल गरेर आयोगले रङ बदलेको आरोप लगाएका हुन् ।

‘मतपत्रको रङ बदल्दा सत्तागठबन्धनसँग छुट्टै छलफल भएको छ। भित्रभित्र रङ बदलेर हरियो रूख किन राख्नुपर्थ्यो ? सकेदेखि अरू पनि हरियो बनाउन पर्थ्यो। सूर्य कसरी हरियो हुन्छ ? ओलीले प्रश्न गरे ।’

अध्यक्ष ओलीले सरकारले निर्वाचन सार्ने प्रपञ्च गरिरहेको आरोप पनि लगाएका छन् । कलात्मक ढंगबाट निर्वाचन सार्ने प्रयास भइरहेको उनको भनाई रहेको थियो ।

निर्वाचन सार्नकै लागि संवैधानिक नियुक्तिहरु खारेजीको रिट अगाडि बढाइएको ओलीको आशंका छ । ‘निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुदैन भन्ने परामर्श भइरहेको छ, उनले भने ।’

एमालेलाई हराउन निर्वाचन आयोग पनि मिलेको भन्दै उनले नेता कार्यकर्तालाई सचेत रहन आग्रह गरे । ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल गर्दैनौं । अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ ।’

ओलीले चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै कार्यकर्तालाई सचेत रहन निर्देशन दिए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : १९ बजे